+
+

प्रधानमन्त्री देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

देउवा प्रत्यक्ष र आरजु समानुपातिकमा सिफारिस

जनक विष्ट जनक विष्ट
२०७९ भदौ १८ गते १६:१५
प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर : अनलाइन खबर फाइल

१८ भदौ, धनगढी । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

पार्टी सचिव हेमराज चटौतले वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा समेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि एक्लै लड्ने निर्णय गरिएको जानकारी दिए ।

उनकाअनुसार गठबन्धन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्दै डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्न दिन प्रदेश र केन्द्रीय कमिटीलाई अनुरोध समेत गरिएको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गरेको गठबन्धन गर्ने निर्णयको स्वागत गर्दै स्थानीय तहको निर्वाचनमा जसरी गठबन्धनमा आवद्ध दलहरु मित्रवत् प्रतिस्पर्धा गरेर अगाडि बढ्यौं यसरी नै प्रदेशसभा र प्रतिनिधिसभामा समेत अलग-अलग निर्वाचन लड्ने निर्णय गरेका छौं’ चटौतले अनलाइनखबरसँग भने, ‘अलग-अलग निर्वाचन लड्नका निमित्त प्रदेश र केन्द्रीय कार्य समितिलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’

कांग्रेसको यो निर्णयपछि गठबन्धनमा आवद्ध अन्य दलले कुनै प्रतिक्रिया जनाएका छैनन् । यसअघि नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका पूर्वमन्त्री वीरबहादुर बलायरको गृह जिल्लामा डोटीमा समेत जिल्ला कार्य समितिको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको छ ।

देउवा प्रत्यक्ष र आरजु समानुपातिकमा सिफारिस

नेपाली कांग्रेस डडेल्धुराले एकल रुपमा अगामी चुनाव लड्ने भएकै कारणले प्रदेश र प्रतिनिधिसभामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरिएको जनाएको छ ।

जिल्ला सचिव चटौतकाअनुसार प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र समानुपातिक (महिला) तर्फ देउवा पत्नी आरजु राणाको नाम सर्वसम्मत रुपले प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

प्रदेश सभाका दुई वटा निर्वाचन क्षेत्रका क्षेत्रीय कमिटीले प्रतिनिति सभा सदस्यमा देउवाको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ ।

प्रदेशसभा ‘क’ बाट जिल्ला पार्टी सभापति एवंम् परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउद र प्रदेशसभा ‘ख’ बाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?