+
+

दूधकुण्ड : धार्मिक पर्यटनको गन्तव्य

जीवन लामा जीवन लामा
२०७९ भदौ १८ गते ९:५६

दूधकुुण्ड सोलुखुुम्बुको सोलुुदूधकुण्ड नगरपालिका–१ मा अवस्थित छ । दूधकुुण्ड धार्मिक र प्राकृतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि पहिलो रोजाइमा पर्ने यो ठाउँ हिमालकै आँगनमा सुुते झैं लाग्छ ।

नम्बुर, खताङ र कार्यालुुङ हिमालको फेदमा पर्ने दूधकुण्ड ४ हजार ५६० मिटर उचाइमा रहेको छ । सदरमुकाम सल्लेरीबाट डेढ दिनको पैदल दूरीमा दूधकुण्ड पुग्न सकिन्छ ।

बौद्ध र हिन्दू धर्मावलम्बी दुुवैको आस्थाको केन्द्र मानिने यो ठाउँमा जनैपूर्णिमाको दिन विशेष घुइँचो लाग्छ । धार्मिक र प्राकृतिक रुपमा सुुन्दर देखिने भएकाले हिउँदमा पनि पर्यटकहरु दूधकुण्ड पुग्छन् । यस कुुण्डको दर्शन गर्नाले मागेको पूरा हुने जनविश्वास छ । सन्तान नहुनेले सन्तानको कामना गर्न यहाँ पुग्ने गर्छन् ।

दूधकुण्डको वरिपरि अरु थुप्रै कुण्डहरु रहेका छन् । महाकुण्ड र श्रीकुुण्ड यस नजिकै पर्छन् भने दूधकुुण्ड जाने बाटोमा गंगा–जमुनाकुुण्ड पर्छ । यस दूधकुुण्डको वरिपरि अन्य दर्जनौं पोखरी पनि रहेकाले पर्यटकलाई लोभ्याउने स्थानीय ग्याल्जेन शेर्पा बताउँछन् ।

यस क्षेत्रमा हिमाल, पहाड, खोलानाला, झरना, समथर भूूभाग सबै खालका दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटकको चाप बढेको देखिन्छ । यहाँ पुुग्न टाक्सिनडुु डाँडाबाट पैदलमार्ग हुुँदै ठूलो बेनी (सहर्सा बेनी) नै अन्तिम बासमा पुुगिन्छ ।

दूधकुण्डमा बसोबासका सुविधायुक्त होटल तथा लजको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?