+
+
Shares
सुरक्षागार्ड पक्राउ प्रकरण :

क्यानडाको भिसा लिन श्रीमतीसहित छायाँ सेन्टर पुगेका थिए पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १५:४३

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार दिउँसो श्रीमतीसहित दलबल लिएर ठमेलस्थित छायाँ सेन्टर पुगेका थिए ।

एउटा कार्यक्रमका लागि मन्त्रालयका ६/७ जनासहितको टोली क्यानडा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पती पनि भिसा आवेदन गर्न त्यहाँ पुगेका थिए ।

‘गरुड सेक्युरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उनीहरुलाई लाइनमा आउन भने । तर एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजे ।

छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टर एउटा अन्तर्राष्ट्रिय निजी कम्पनी हो । जसले क्यानडा, जापानसहित युरोपका धेरै देशको भिसा प्रक्रिया अघि बढाउँछ । र उसले सबै सेवाग्राहीलाई समान व्यवहार गर्छ ।

‘जो आए पनि लाइनमा बस्नुपर्ने भन्ने नियम हो, तर पूर्वजानकारी हुँदा समन्वय पनि हुने गरेको थियो’ सेन्टरका एक कर्मचारीले भने, ‘पर्यटनमन्त्रीज्यू खबर नगरी आउनुभएको थियो ।’   गुरुङले मन्त्री भए पनि सामान्य नागरिकझैं नियम लाग्ने बताए । त्यसक्रममा विवाद पनि भयो ।

प्रत्यक्षदर्शीका अनुसार त्यतिबेला लाइनमा पनि २ जना मात्र थिए । ‘पर्खिएको भए पनि ठूलो कुरा थिएन’ उनले भने, ‘विवादले बरु झन् समय लम्बियो ।’ विवादपछि उनी भित्र गए, फर्किएर आएर यो विषय प्रहरीमा जानकारी गराए ।

मन्त्रालयबाट खबर आउने वित्तिकै प्रहरी वृत्त दरबारमार्गको टोलीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोरा बताउँछन् । उनी भन्छन्, ‘अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?