+
+

गठबन्धनको बैठक : निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते २०:०८

१९ भदौ, काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन नसकेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएका छन् ।

४ मंसिरको चुनाव मिलेर लड्ने सहमति गरेको गठबन्धनका नेताहरुबीच भण्डै एक महिनादेखि निरन्तर छलफल भइरहेको छ, तर अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

१६ भदौमा बसेको निर्णायक भनिएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न सकेन । १०० सिटको दाबी गरेको कांग्रेस ९० सम्ममा झर्न तयार भएको छ । तर माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र अरु दललाई आधा–आधा गर्ने प्रस्ताव राखेका छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसले ७० सिट लिनुपर्ने बताएका छन् ।

सहमतिको प्रयासमा आइतबार पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । दिउँसो शीर्ष नेताहरुबीच छलफल भए पनि कुनै सहमति जुट्न सकेन ।

लगतै शीर्ष नेताले कार्यदलका सदस्यहरुलाई बोलाएर निर्वाचन क्षेत्रअनुसार छलफल गरेर सहमति खोज्न निर्देशन दिएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले सिट संख्या तय गरौं भनेर प्रयास गरे पनि नभएको भन्दै निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न आग्रह गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने औपचारिकता लागि मात्र नभनेको बताए । ‘जहाँ जहाँ सहमति हुन्छ, सहमति खोज्नुस्, सहमति हुन नसकेको क्षेत्रबाट पर्सिसम्म ल्याउनुस् भन्नुभएको छ,’ कार्यदलका एक सदस्यले भने ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलिदेखि कार्यदलको बैठक लगातार बसेर सहमति खोज्ने र पर्सि शीर्ष नेताहरुसमक्ष पेश गर्ने बताए । उनले अघि भने, ‘न्यायोचित, सम्मानजनक र सबैले जितेको छ भन्ने भावमा सहमति हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?