+
+

पर्सा–४ बाट कांग्रेसका रमेश रिजाल सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १०:३३

२० भदौ, वीरगञ्ज । नेपाली कांग्रेसले पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि केन्द्रीय सदस्य रमेश रिजालको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

क्षेत्रीय समितिको भेलाले रिजालको एकल नाम सिफारिस गरेको हो ।

०७४ सालको निर्वाचनमा रिजाल तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए । २० हजार ७३८ मत ल्याएर कर्ण प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा रिजालले १४ हजार ७०२ मत ल्याएर दोस्रो भएका थिए ।

रिजाल पर्सा क्षेत्र नं ४ बाट ०४८ सालदेखि नै प्रत्यक्ष निर्वाचन लडिरहेका छन् । विद्यार्थीकालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीति सुरु गरेका रिजाल ०४८ सालमा विजयी भए ।

वि.स. ०५२ सालमा पनि विजयी भएका उनी ०५६ सालको निर्वाचनमा भने पराजित भए । ०६४ सालमा पुनः विजयी भएका उनी त्यसपछि ०७० र ०७४ सालको निर्वाचनमा पराजित भए ।

प्रदेश सभा सदस्यतर्फ ४ को (क)का लागि शंकर चौधरी र (ख) का लागि किशोरप्रसाद जयसवालको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?