+
+

सर्लाही-४ को सिफारिसमा परेनन् अमरेश, गगनको एकल नाम पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १४:०५

२० भदौ, सर्लाही । सर्लाहीको क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन ।  गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ ।

‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले अनलाइनखबरसँग भने ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि ४(क) को प्रत्यक्षमा मधेश प्रदेशका पार्टी उपसभापति एवम् प्रदेश सरकारका महिला, बालवालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहको पनि एकल सिफारिस परेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?