+
+

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

रासस रासस
२०७९ भदौ २० गते १८:०६

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ ।

माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए ।

आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयहरूले बताएका छन् । मध्यदिउँसो पहिरो खसेका कारण कुनै पनि मानवीय क्षति नभए पनि बस्तीसम्म पहिरो आएको वडा अध्यक्ष थापाले जानकारी दिए ।

पहिरो खस्ने क्रम नरोकिएको र घरहरू जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा बसोबासको लागि प्रबन्ध मिलाउने काम भइरहेको उनले बताए ।

सुक्खा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको टोलिले पहिरोको स्थलगत अवलोकन गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?