+
+

बुवाको सम्झनामा विद्यालयमा साढे एक लाखको अक्षयकोष

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते ८:५२

२२ भदौ, रोल्पा । रोल्पामा एक परिवारले स्वर्गीय बुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

रोल्पा नगरपालिका वडा नं. १ मेवाङका नोखराज पोख्रेल र शिवराज पोख्रेलले तारा माध्यमिक विद्यालयको नाममा एक लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेकाadsfafअक्षयको हुन ।

बुवाको वार्षिक  तिथिमा मंगलबार उनीहरूले रोल्पा नगरपालिका १ वामरुकमा रहेको तारा माध्यामिक विद्यालयलाई एक लाख ५० हजारको चेक हस्तान्तरण गरेका थिए ।

चेक विद्यालयका प्रधानाध्यापक ओविलाल महरा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर कुँवरलाई हस्तान्तरण गरिएको थियो ।

अक्षयकोषको व्याजले विद्यालयमा अध्ययनरत कक्षा ५ र ८ का उत्कृष्ट विद्यार्थीलाई वाषिर्क रुपमा पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

विद्यालयका प्रतिभाशाली र जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि उक्त अक्षयकोष स्थापना गरेकाले उद्देेश्य प्राप्तिका लागि उक्त अक्षयकोष उपयोग गरिने विद्यालयका प्रधानाध्यापक ओविलाल महराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?