+
+
Shares

कांग्रेसले अधिवेशनमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते ७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिने भएको छ ।
  • निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार सानेपामा दिउँसो २ बजे प्रशिक्षण कार्यक्रम राखिएको छ ।
  • प्रशिक्षण कार्यक्रममा कांग्रेसका सभापति गगन थापा पनि उपस्थित हुने खड्काले बताए ।

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ ।

समितिले १५औं महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षण दिने भएको हो ।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मंगलबार दिउँसो २ बजे सानेपामा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा सभापति गगन थापा पनि उपस्थित हुनेछन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी १६ देखि १९ असोजमा १५औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?