News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट पारित निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ ।
- प्रवक्ता देवराज चालिसेका अनुसार मंगलबार दिउँसो ३ बजे सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
- साउन २४ गतेदेखि सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार सम्पन्न भएको थियो ।
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरू आज सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिद्वारा पारित निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागेको हो ।
प्रवक्ता देवराज चालिसेका अनुसार निर्णयहरू सार्वजनिक गर्न मंगलबार दिउँसो ३ बजे सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
२४ साउनदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार (१ भदौ) सम्पन्न भएको थियो ।
महामन्त्री प्रदीप पौडेलका अनुसार विशेष महाधिवेशनपछि यो कांग्रेसको तेस्रो केन्द्रीय कार्यसमिति बैठक हो ।
बैठकमा पार्टीले हरेक सदस्यहरूलाई धारणा राख्नका लागि सात मिनेटको समय उपलब्ध गराएको थियो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यसँगै सुदूरपश्चिमबाहेकका प्रदेश सभापतिहरू पनि सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4