+
+

सन्दीपमाथि लागेको आरोपबारे आईसीसीको पनि चासो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १७:३८
नेपाल क्रिकेट संघ (क्यान) का सचिव प्रशान्त विक्रम मल्ल ।

२३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको छ ।

लामिछोनेविरुद्ध एक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । नेपाली क्रिकेट टिम केन्या भ्रमणमा जानु अघिल्लो रात ५ भदौमा सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।

क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्लका अनुसार यो जाहेरीबारे सन्दीपसँग कुराकानी भएको थियो । उनले जाहेरी परेको थाहा पाएको, तर आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

कानुनी उपचारका लागि सन्दीपले सहयोग मागेको भन्दै क्यान सचिव मल्लले भने, ‘तिमी त फर्किनुपर्ने होला भन्दा म सीपीएल (क्यारेबियन प्रिमियर लिग) भ्याएरै फर्किन्छु भनेको छ ।’

उनका अनुसार नेपालमा लागेको अभियोगबारे सीपीएल टिमले पनि जानकारी पाएको छ र, खेलका लागि अप्ठ्यारो नपर्ने बताएको छ ।

तर आईसीसीले भने सन्दीपविरुद्ध परेको जाहेरीबारे चासो राखेको छ । ‘आईसीसीले के हुनसक्छ यो केसमा भनेर चासो राखेको छ’, आफूले सबै जानकारी दिएको भन्दै सचिव मल्लले भने, ‘रेप केसमा गएको भनेपछि उनीहरु सिरियस भएका छन् ।’

उनका अनुसार क्रिकेट संघ खेलाडीहरुको अभिभावक भएकाले सन्दीपको मागअनुसार कानुन व्यवसायी खोज्न सहजीकरण गर्नेछ । अपराध गरेको छ भने ढाकछोप र बचाउ नगर्ने क्यानको अडान रहेको भन्दै सचिव मल्लले भने, ‘अपराधी नै हो भने पनि कानुनी उपचार उसको अधिकार हो । क्यान अभिभावक भएकाले लयर खोज्न सहजीकरण गरिदिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?