
फाइल तस्वीर
२३ भदौ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले नक्सापास नगरी कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ ।
नगरपालिकाले १३ बुँदे निर्देशन जारी गर्दै निजी तथा सार्वजनिक जग्गामा नक्सा पासविना कुनै संरचना नबनाउन १५ दिने सूचना जारी गरेको हो ।
सार्वजनिक स्थान, फुटपाथ लगायतका क्षेत्रमा ठेलागाडा राखेर व्यापार नगर्न, निषेधित क्षेत्रमा पार्किङ नगर्न नगरपालिकाले सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । घरबाट निस्कने फोहोर वर्गीकरण गरेर मात्रै नगरपालिकाले तोकेको गाडीमा फाल्न पनि नगरपालिकाले भनेको छ ।
व्यवसाय कर, घर बहाल कर, सम्पत्ति कर बुझाउन पनि नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ । यस्तै मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड र विज्ञापन पनि आफैंले हटाउनुपर्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4