+
+

ओली–महन्थ छलफल, एमाले–लोसपा तालमेल प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १३:३२

२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । उनीहरुको बीचमा एमाले र लोसपा तालमेलबारे कुरा भएको एमालेका एक उच्च नेताले पुष्टि गरे ।

‘अध्यक्षले आज आफैं कुरा गर्नुभएको हो, चुनावी सहकार्यबारे छलफल सकारात्मक दिशामा छ भन्ने हामीलाई जानकारी गराउनुभयो,’ ती नेताले भने । स्रोतका अनुसार एमालेले लोसपालाई केही सातायता नै सहकार्यबारे आफ्नो तयारी गर्न प्रस्ताव पठाएको थियो । तर ठाकुर अनिर्णित थिए ।

मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेल टुंगो लगाउने अन्तिम विन्दूमा छ । पार्टी अध्यक्ष उपेन्द्र यादव आफैं सिट बाँडफाट निष्कर्षमा पुर्‍याउन सक्रिय रहे पनि लोसपाले समयमा निर्णय नलिएको भन्दै दोस्रो तहका नेताहरुले ठाकुरलाई दबाव बढाएका छन् ।

‘अब त हामीलाई एमालेसँग सहकार्य गर्नुको विकल्प छैन,’ अनलाइनखबरसँग कुरा गर्दै लोसपाका दोस्रो तहका प्रभावशाली नेताले भने, ‘नत्र हामीले संघ र प्रदेश दुवैतिर गुमाउँछौं ।’

ती नेताका अनुसार मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिनेगरी एमालेसँग सहमति बन्न सक्छ । अनौपचारिक छलफल सकारात्मक मोडमा रहेको दुवै पक्षका नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?