+
+

महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, तर पिता फरक फरक !

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १७:१२

मानिसको शरीरका विषयमा चिकित्सा विज्ञानको क्षेत्रमा निकै धेरै खोज अनुसन्धान भएको छ र धेरै हदसम्म यसमा सफलता पनि मिलेको छ ।

तर यी सबैका बाबजुद कहिलेकाहीँ यस्ता परिघटना हुन्छन् जसका अगाडि चिकित्सा विज्ञान पनि फेल खान्छ । एउटा यस्तै घटना हालै सार्वजनिक भएको छ । जस अनुसार एकजना महिलाले जुम्ल्याहा बच्चा जन्माइन् तर ती जुम्ल्याहाका वास्तविक पिता दुई फरक फरक पुरुष रहेको कुरा पुष्टि भएको छ ।

यो घटना पोर्चुगलको हो । त्यहाँकी एक १९ वर्षीया युवतीले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । बच्चा जन्मिएको ८ महिनापछि जब उनीहरुको डीएनए टेष्ट गरियो तब दुबै बच्चाको पिता एउटै नभएको खुलासा भयो ।

समाचार अनुसार जुम्ल्याहा बच्चाका पिता फरक फरक भएको विश्वमा यो अहिलेसम्म सार्वजनिक भएको २० औँ घटना हो । यसलाई चिकित्सा भाषामा हेटेरोप्यारेन्टल सुपरफेक्यूंडेसन भनिन्छ ।

पोर्चुगलको गाइयास राज्यस्थित मिनेरिओस सहरमा बस्ने ती युवतीले जन्माएका जुम्ल्याहाका पिता अलग अलग भएका पुष्टि भएसँगै धेरै प्रश्न उठेका छन् ।

आखिर ८ महिनापछि उनले आफ्ना जुम्ल्याहा बच्चाको डीएनए परीक्षण किन गराइन् ? भन्ने सवाल पनि उठेको छ । वास्तवमा उनले जुन युवकलाई आफ्ना जुम्ल्याहा बच्चाको पिता भनेकी थिइन् त्यो युवककै माग अनुसार बच्चाको डीएनए परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट सो युवक जुम्ल्याहा बच्चामध्ये केवल एउटा बच्चाको मात्रै वास्तविक पिता रहेको प्रमाणित भयो ।

पिता अलग अलग भएपनि जुम्ल्याहाको अनुहार तथा जिउडाल भने मिल्दोजुल्दो छ । आमा एउटै भएकाले यस्तो हुनसक्ने डाक्टरहरुले बताएका छन् ।

विज्ञका अनुसार यो घटना विश्वमा हेट्रोप्यारेन्टल सुपरफेक्यूंडेसनको २० औँ घटना हो । महिलाका दुुईवटा डिम्बहरु दुई फरक फरक पुरुषका शुक्रकिटसँग फर्टिलाइज हुँदा यस्ता जुम्ल्याहा जन्मिन्छन् । त्यस्तो जुम्ल्याहाको भ्रुणमा सालनाल अलग अलग हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?