+
+

बेलायतका नयाँ राजाको पहिलो सम्बोधन : जीवनभर सेवामा समर्पित हुनेछु

रासस रासस
२०७९ भदौ २६ गते ७:२४

२६ भदौ, काठमाडौं । बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै जीवनभर सेवामा समर्पित हुने बताएका छन् ।

उनले आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गरे । चार्ल्स तृतीय बेलायतकी महारानी एलिजावेथ द्वितीयका जेठा छोरा हुन् ।  एलिजावेथको गत बिहीबार निधन भएपछि चार्ल्सले राजाको जिम्मेवारी पाएका छन् ।

राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गरेका छन् । उनले आफ्नी आमालाई आफू र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताए ।

उनले भने, ‘महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।’

अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उहाँ राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुखी रहेको राजा चाल्र्सले सबैप्रति कृतज्ञता व्यक्त ग् ।

‘मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौं,’ उनले भने ।

एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरी कहिल्यै कम नभएको पनि उनले उल्लेख गरे ।

राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुशी, दुःख, समस्या आदि कुनै पनि बेला उहाँ विचलित नहुनु भएको राजा चाल्र्सले स्मरण गरेका छन् ।

उनले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भए पनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चार्ल्सले उल्लेख गरे।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?