+
+

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १५:०९

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो ।

अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्‍याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले महानगरभरि रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर भएको भन्दै अटेर गरेमा बल प्रयोग गर्ने बताए । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?