+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तातोपानी नाकाबाट केही कन्टेनर भित्रिए, नाका नियमित हुनेबारे अन्योल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १७:३६
फाइल तस्वीर

२६ भदौ, काठमाडौं । एक महिनापछि चीनले तातोपानी नाकाबाट सामान नेपाल पठाएको छ । चीनतर्फ रोकिएको लसुनसहितका सामान बोकेका केही कन्टेनर नेपालतर्फ पठाएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार चीनले नियमित रुपमा नै नाका खुलाएको हो वा हैन भन्नेबारे अन्योल रहेको बताए ।

‘केही ट्रक सामान आएका छन्, यो नियमित हुन्छ कि हुँदैन भनेर चिनियाँ पक्षसँग छलफल गरौं भनेको छु,’ उनले भने, ‘अहिलेसम्म नाका खुलेको हो वा हैन भन्ने यकिन छैन ।’

गत २५ साउनमा चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको थियो । चीनको तिब्बत क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेका थिए ।

दशैंको मुखमा चीनले नाका बन्द गर्दा दशैंका लागि चीनको स्थलमार्गबाट ल्याइएका सामान बाटोमै अलपत्र परेका छन् । यसले आयातकर्ताहरु तनावमा परिरहँदा नाका खुल्नेबारेको अन्योल अझै हटेको छैन । चीनबाट आउने सामानहरुको आपूर्ति कमजोर हुँदा बजारमा मूल्य बढेको छ भने बजारमा कतिपय वस्तुको अभाव सुरु भएको छ ।

२५ साउनअघि पनि चीनले दैनिक कोटा तोकेर ४–५ कन्टेनर समान मात्रै भन्सार पास गरिरहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?