काठमाडौं । सुनकोशी गाउँपालिका र एक एक पाइला फाउन्डेसन बीचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
१८ भदौमा आयोजित कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सले उक्त सहयोग रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अस्पताललाई आर्थिक सहयोग गरेको नेशनल लाइफ इन्स्योरेन्सले जनाएको छ । सो क्षेत्रमा बसोवास गर्ने जनताले सहज रुपमा स्वास्थ्य सेवा लिन पाउने विश्वासका साथ उक्त सहयोग गरिएको नेशनल लाइफले जनाएको छ ।
आर्थिक सहयोग प्रदान गरेवापत कम्पनीका उपकार्यकारी प्रमुख प्रतापमान श्रेष्ठलाई अस्पताल व्यवस्थापनले सम्मान गरेको कम्पनीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4