+
+
Shares

‘महिला उम्मेदवार ३३ प्रतिशत हुनुपर्ने गरी संशोधन प्रस्ताव तयार’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १२:१३

२७ भदौ, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार भएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ३३ प्रतिशत महिला उम्मेदवार हुनै पर्ने व्यवस्थासहित ऐन संशोधन भएको र स्वीकृत हुन बाँकी रहेको बताउका हुन् ।

‘हामी यही चुनावबाटै लागू होस् भन्ने चाहना राख्छौ । यहाँहरूले ५० प्रतिशत हुनुपर्छ भनिरहेको ३३ प्रतिशत किन ? भन्नुहोला,’ उनले अघि भने, ‘तर यहाँहरुले भटाभट उम्मेदवार तय गरेर मनोनयन गर्न पठाए हामी जति पनि मनोनयन दर्ता गरिदिन्छौ चुनाव लड्न पाउनुहुन्छ ।’

उनले प्रदेश सभामा कम्तिमा ३७ प्रतिशत महिला सहभागिता पुगोस् भन्ने आयोगको चाहना छ रहेको बताए ।

प्रमुख आयुक्त थपलियाले अब उम्मेदवारले खर्च गर्न पाउने रकम पनि निर्वाचन क्षेत्र अनुसार फरकफरक हुनसक्ने बताए । उनले अहिले खाका तयार गरिरहेको भन्दै छिट्टै स्वीकृत हुने जानकारी गराए ।

निर्वाचन क्षेत्र घुम्न लाग्ने समय,  निर्वाचन स्थल, केन्द्र र मतदाता संख्याको आधारमा खर्च गर्न पाउने रकम तय हुने उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?