+
+

मन्त्रीहरु चुनाव प्रचारमा जान पाउनुपर्छ : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १३:५६

२८ भदौ, काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मन्त्रीहरुले चुनाव प्रचारमा जान नपाउने आचार संहिताको व्यवस्थाको विरोध गरेका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बसेको बैठकमा सांसद श्रेष्ठले भने, ‘राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने, त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने, तर मन्त्रीहरुले आफैं उम्मेदवार भएको छ भने बाहेक अन्त चुनाव प्रचार नगर्ने भन्ने मिल्दैन ।’ यसलाई सच्याउनुपर्ने उनले बताए ।

बरु राज्य र सरकारको साधन स्रोतको दुरुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने उनले बताए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा परेको अप्ठ्यारो पनि सुनाए ।

दलहरुले पाउने मत र त्यसका आधारमा पाउने सिट संख्या अनुमान योग्य हुने भन्दै उनले भने, ‘जो पर्ने निश्चित छ भनेर चुनावमा नजाने, जो पर्दैन, किन जाने भनेर नजाने । समानुपातिक उम्मेदवारको चुनावी अभियानमा भूमिका नहुने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?