+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नागरिकता विधेयक प्रमाणीकरण नभए दुर्भाग्यपूर्ण अवस्था आउँछ : त्रिपाठी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १५:५७

२७ भदौ, काठमाडौं । जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रपतिसामु नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् ।

संघीय संसदको दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे मुलुकमा दुर्भाग्यपूर्ण अवस्था आउने चेतावनी दिए । नागरिकता विधेयकलाई लिएर राजनीतिक विभाजन ल्याउन खोजेको भन्दै त्रिपाठीले भने, यसले कहीं नकहीं दुर्भाग्यपूर्ण अवस्थामा देशलाई लैजान्छ ।’

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा त्रिपाठीले नागरिकता विधेयक प्रमाणीकरणसँग संविधानले दिएको संसदीय सर्वोच्चता कायम रहने कि नरहने भन्ने प्रश्न पनि जोडिएको बताए ।

उनले भनेका छन्, ‘हाम्रो संविधान अनुसार संसदले पारित गरेको विषय एक पटक पुनर्विचारका लागि पठाउन सक्ने व्यवस्था छ । तर, यदि दोस्रो पटक संसदले कुनै पनि विधेयक पारित गर्छ भने त्यो बेलायती मोडल अनुसार त्यसलाई प्रमाणीकरण गर्न बाहेक अन्य विकल्प छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?