+
+

एएफसी यू-२० एसियन कप छनोट : कतारसँग नेपाल पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १०:४७

२८ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोटमा नेपाल सोमबार राति भएको खेलमा कतारसँग ३-१ ले पराजित भएको हो ।

छनोटमा नेपालले यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा कतारका लागि ३० औं मिनेटमा मोहमद मन्सुर अली, पहिलो हाफको इन्जुरी समयमा मोहमद सुराग र ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गरे ।

नेपालका लागि पनि कतारले नै गोल उपहार दिएको थियो । ७६ औं मिनेटमा कतारकै जासिमल मोहमदले आत्मघाती गोल गरेका थिए ।

कतारले पहिलो खेल जित्दै छनोटमा ३ अंक जोडेको छ । लगातार दोस्रो हारपछि नेपाल अंकविहीन छ ।

नेपालले आफ्नो तेस्रो खेल बुधबार घरेलु टोली बरहाइनसँग खेल्नेछ भने समूहको अन्तिम खेल बंगलादेशसँग आइतबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?