+
+

गठबन्धनबाट मकवानपुर-१ मा डिना, २ मा विरोध खतिवडा उम्मेदवार बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १५:४३

२९ भदौ, काठमाडौं । मकवानपुरका प्रतिनिधिसभाका दुई क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १/१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति बनेको छ ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको छ । डिना र खतिवडाको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन लागिएको हो ।

कांग्रेसका एक नेताका अनुसार सहमहामन्त्री डिनालाई मकवानपुर-१ उम्मेदवार बन्ने सहमति बनेको छ । दुवै क्षेत्र गठबन्धनबाट विजयी हुने गरी तालमेल गर्न लागिएको कांग्रेस नेताले बताए । प्रतिनिधि सभामा कांग्रेसले एक क्षेत्र प्राप्त गरेपनि प्रदेश सभामा भने बढी दाबी गरिने मकवानपुर कांग्रेसका जिल्ला सभापति बुद्ध लामाले बताए ।

सहमहामन्त्री डिनाको सिफारिस दुवै क्षेत्रबाट गरिएको थियो । डिनाको साथै बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ सहित माइकल रामचन्द्र अर्याल र जयराम लामिछाने नाम पनि दुबै क्षेत्रबाट सिफारिस गरिएको थियो ।

गत निर्वाचनमा खतिवडाले डिनालाई मकवानपुर-२ मा पराजित गरेका थिए । खतिवडाले ४६ हजार ४८१ मत ल्याउँदा डिना ३४ हजार ९० मत ल्याएर पराजित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?