
२६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4