+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

सरकारी कार्यालयले किन्ने ८० प्रतिशत सामान स्वदेशी नै हुनुपर्ने व्यवस्था गरौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १७:३७

२९ भदौ, काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयले किन्ने सामानध्ये ७० देखि ८० प्रतिशत नेपाली नै हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तर्क्रियामा उनले नेपाली सामान नै किन्नुपर्ने बाध्यात्मक व्यवस्था गर्न सकेमा नेपाली उत्पादन प्रवद्र्धन हुने बताए ।

‘सरकारी कार्यालयहरुमा एक वर्षमा प्रयोग हुने सम्पूर्ण सामानको ७० देखि ८० प्रतिशत नेपाली वस्तु किन्न सुरु गरौं, चाहे प्रहरी वा नेपाली आर्मीले प्रयोग गर्ने जुत्ता, सरकारी कार्यालयमा राख्ने फर्निचर’ उनले भने, ‘कम्तीमा नेपालमा उपलब्ध वस्तुहरु प्रयोग गरे नयाँ कार्यको सुरु हुन्छ ।’

महामन्त्री थापाले सरकारले डिपार्टमेन्ट स्टोरहरुलाई अनुदान दिएर स्टोरको २० प्रतिशत क्षेत्र नेपाली सामान नै राख्नुपर्ने व्यवस्था गर्न सक्ने पनि बताए ।

‘नेपाली सामानलाई धेरै अनुदान र सहुलियत दिनुपर्ने जरुरी छैन । निजी क्षेत्रले पनि अनुदान र सहुलियत भन्दा पनि नीतिमा सहजता बनाउदिनु प¥यो भनेको अवस्था छ । सरकारले नेपाली उत्पादनको लागि नीतिगत सहजता बनाइदिए अबको १० वर्षमा फूटवेयरमा, कन्स्ट्रक्सन, टेक्सटाइललगायतका उत्पादनमा निर्यात गरेर मुलुकको आर्थिक अवस्था सुधार गर्न सक्नेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?