+
+

हिमालको रक्षा भए मात्रै डेढ अर्ब मानिसलाई पुग्ने पानीको सुरक्षा हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै विश्वका डेढ अर्ब मानिसका लागि आवश्यक खानेपानीको पानीको सुरक्षा हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १९:०४

२९ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका हिमालको रक्षा भएमा मात्रै विश्वका डेढ अर्ब मानिसका लागि आवश्यक खानेपानीको पानीको सुरक्षा हुने बताएका छन् ।

बुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीको बैठकमा नेपालका तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

दोस्रो हरित जलवायु कोष, ग्लोबल प्रोग्रामिङ सम्मेलन अन्तर्गत बुधबार एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको विशेष बैठक भएको थियो । बैठकमा बोल्दै उनले अत्यावश्यकतालाई ध्यानमा राख्दै नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि १०० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनका अनुसार निजी क्षेत्रका लगानीकर्ताले पनि यो प्रवृत्तिलाई पछ्याइरहेका छन् ।

उक्त बैठकमा बोल्दै मन्त्री शर्माले जलवायु परिवर्तनको प्रभावकारी न्यूनीकरण र निजी क्षेत्रको लगानी परिचालन गर्न अन्तर्राष्ट्रिय सहयोग पनि आवश्यक पर्ने कुरामा जोड दिए । नेपाली निजी बैंकहरूले पनि साझेदारीका लागि जीसीएफलाई सम्पर्क गरिरहेको उनले बताए ।

उनका अनुसार नेपालले सन् २०३० सम्ममा जलवायु क्षेत्रमा ४५ अर्ब अमेरिकी डलरको सार्वजनिक–निजी लगानीको योजना बनाएको छ । जसका लागि अन्तर्राष्ट्रिय सहयोगको पनि आवश्यकता पर्ने उनले बताए । उद्योग क्षेत्रले ऊर्जाको स्रोतको रूपमा जीवाशेष इन्धनको प्रयोगलाई उल्लेखनीय रूपमा घटाएको भन्दै उनले विकसित अर्थतन्त्रहरूले वातावरण संरक्षणका लागि अहिले जीवाशेष इन्धनमा उल्लेखनीय कमी ल्याउनु आवश्यक रहेको बताए ।

ठूला अर्थतन्त्रहरुले विश्व मापमान वृद्धिका लागि गरेका गतिविधिले तापमान वृद्धिमा कुनै योगदान नगर्ने देश पीडित हुनु न्यायोचित नभएको समेत उनको भनाइ छ । जलवायु संरक्षणमा सहयोग ऋणको रूपमा नभएर अनुदानमा हुनुपर्ने अर्थमन्त्रीको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?