+
+

स्वीडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले राजीनामा दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते ८:०४

३० भदौ, काठमाडौं । स्वीडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले आइतबारको निर्वाचनको नतिजापछि राजीनामा दिने बताएकी छिन् । म्याग्डालेना एन्डरसनको सेन्टर-लेफ्ट गठबन्धन दक्षिणपन्थी पार्टीहरूसँग न्यून अन्तरले पराजित भएसँगै उनले राजीनामा दिने बताएकी हुन् ।

अब नरमपन्थी दलका नेता उल्फ क्रिस्टर्सनले नयाँ सरकार बनाउने सम्भावना बढेको छ । क्रिस्टर्सनले सरकार गठनको सुरुवात गर्ने बताएका छन् । उनले भने, ‘स्थिर सरकार बनाउन म सक्दो प्रयास गर्न तयार छु ।’

अन्तिम नतिजाका लागि पुनः दोस्रोपटक मतगणना भइसकेको छैन । स्वीडेनमा दोस्रोपटक पनि मतगणना गर्ने प्रचलन रहेको छ ।

एन्डरसनले बुधबार एक पत्रकार सम्मेलनमा पुन: गणना अघि नै पराजय स्वीकार गरेकी छिन् । उनले बिहीबार आधिकारिक रूपमा राजीनामा दिनेछिन् ।

‘उनीहरूसँग संसदमा एक दुई सिटको अग्रता छ,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘यो आंशिक भए पनि बहुमत नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?