+
+

बागमती किनारको सुकुम्बासी समस्या समाधान गर्छौं : नेता सिंह

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १३:४५

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समाधान खोज्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बागमती किनारका बस्तीहरुमा आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने बताएका हुन् ।

‘अहिले बागमतीको किनारमा बस्तीहरुको जुन कुरा छ, त्यहाँ अलि आक्रोश पनि छ । लोकतान्त्रिक पद्धतिमा काम गर्दा कानून बमोजिम विधि र प्रक्रिया पूरा गर्नुपर्छ’ उनले भने, ‘भूमि आयोगले थालनी गरेको कामलाई जोड दिएर तदारुकताका साथ अघि बढाउनुपर्छ । यो अव्यवस्थितपूर्ण बस्तीहरुको समाधान गर्नको लागि हामी अघि बढ्छौं ।’

नेता सिंहले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको दावी पनि गरे । उनले आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सत्ता गठबन्धनका नेताहरुले जित्नुपर्ने पनि बताए ।

‘झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार । देश ठूलो दुर्घटनाबाट जोगाएर ट्रयाकमा लैजाने काम यो सरकारले गरिरहेको छ’ नेता सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?