+
+

पूर्वराजासँग मन कुँडिएको छ : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १८:२०

३० भदौ, सप्तरी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाको बिषयमा अब कुनै टीकाटिप्पणी नगर्ने बताएका छन् । उनले पूर्वराजा र राजसंस्थाका कारण आफ्नो मन कुँडिएको बताए ।

पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार राजविराज आएका अध्यक्ष थापाले पत्रकारसँग कुराकानी गर्दै लामो समयसम्म राजा र राजसंस्थाप्रति आस्था र विश्वास राखेर काम गरेपनि अहिले मन कुँडिएको बताए ।

‘पछिल्लो समयमा राजा, राजसंस्था र राजाको सचिवालयको व्यबहारबाट मेरो मन कुँडिएको छ, भाँचिएको छ’ उनले भने, ‘तथापि त्यो संस्थाप्रतिको मेरो आस्था र विश्वास कायम छ । त्यो संस्था र राजाप्रतिको मायाको कारण अब सबै आरोप प्रत्यारोपबाट मुक्त भएर रहन चाहन्छु ।’

अध्यक्ष थापाले अब राजसंस्था आफ्नो पार्टीको एजेन्डा समेत नरहेको बताए ।

प्रमुख राजनीतिक दलका नेताहरुमा चुनाव लड्न, सत्तामा पुग्न, सत्तामा पुगेपछि टिक्नका निम्ति बाहिरिया शक्तिहरुको आशिर्वाद र सहयोग हासिल गर्ने आत्मसमर्पणवादी मानसिकता हाबी भएको उनले बताए । ‘यो कारणले पनि देशमा बाहिरिय शक्तिको चलखेल बढेको छ’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?