
३० भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरुको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो ।
संघको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधत्व हुने गरि समिति चयन गर्ने नीति बनाएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तहमध्ये ४ उपमहानगर ३२ नगरपालिका गरि ३६ नगरहरु संघ अन्तरगत छन् ।
नवनिर्वाचित पन्थीले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । लुम्बिनी प्रदेश अध्यक्ष बनेका पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4