+
+

चोलेन्द्रमाथि शम्भु थापाको आरोप : रञ्जनको मुद्दामा घुस खाएर फैसला गरे

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते २१:०२

३० भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाएका छन् ।

बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा उनले घुस नखाई त्यस्तो फैसला हुनै नसक्ने जिकिर गरे । ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद घट्छ ?’ वरिष्ठ अधिवक्ता थापाले भने, ‘त्यहाँ पैसादेखि बाहेक अरु होला त ? अनि बयानमा भन्नुहुन्छ, त्यो त मेरो गल्ती भयो ।’

जबराको इजलासमा बहस गर्न जाँदा कुन पक्षमा मिलाएको छ भनेर शंका गर्नुपर्ने भन्दै उनले जबराका स्वार्थको मुद्धाको छिटो छिटो सुनुवाइ हुने गरेको पनि दावी गरे ।

क्यासिनोका कर विवाद जोडिएका मुद्धामा जबराले अनियमितता गरेको थापाको आरोप छ । कुनैपनि क्यासिनोले कर नतिरेकाले सरकारले नयाँ नियमावली मार्फत लाइसेन्स दिनुअघि नै शुल्क बुझाउनुपर्ने नियम ल्याएको थियो ।

त्यसविरुद्धको मुद्धामा जबराले २०७१ सालमा अघिदेखि नै चलेर आएको क्यासिनो हुनाले चलाउन आदेश दिएको भन्दै थापाले त्यसमा चलखेल भएको बताए ।

‘घुस खाने बेलामा खानसम्म खाने, न्यायलाई मार्दिने’ वरिष्ठ अधिवक्ता थापाले भने, ‘अहिले हा हा हा हा गरेको भरमा उन्मुक्ति पाइन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?