
१ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उच्च अदालतकी न्यायाधीश रेणुका शाह योग्यताको प्रश्न उठाएर बर्खास्त हुनु अचम्मको विषय भएको बताएका छन् ।
शनिबार महाअभियोग सिफारिस समितिमा सदस्यहरुले सोधेको पूरक प्रश्नको जवाफ दिँदै उनले न्याय परिषदले सिफारिस गरिसकेपछि फेरि अहिले योग्यताको प्रश्न उठाएर बर्खास्त गर्नु अचम्मको विषय भएको बताएका हुन् ।
‘हिजो न्यायपरिषदले गरेका नियुक्तिमध्येमा एक जना महिला न्यायाधीशलाई बर्खास्त गरेको छ, योग्यताको प्रश्न उठाएर’ उनले भने, ‘हिजो योग्यताको आधारमा नियुक्ति गरिसकेपछि फेरि अयोग्य भन्नु त अचम्मको विषय हो ।’
शाहलाई विगतमा न्यायपरिषदबाट नियुक्ति गर्दा हालका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको पनि सहमति भएको उनले बताए । ‘अहिले फेरि उहाँले नै अयोग्य भन्नुभएको छ’ उनले भने । प्रधानन्यायाधीश जबराले आफू परिषदको अध्यक्ष हुँदा न्यायाधीश शाह योग्य भएकै कारण नियुक्ति गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4