
काठमाडौं । यस वर्षको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार न्युरो सर्जन प्रा. डा. राजीव झालाई प्रदान गरिएको छ ।
१० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै वीर अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख समेत रहेका डा. झालाई पुरस्कार प्रदान गरे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा विज्ञानको क्षेत्रमा योगदान पु¥याउने डा. झासहित १२ जना पुरस्कृत भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4