+
+

चोलेन्द्रको निवासमा प्रहरीको निगरानी

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असोज २ गते १२:३६

२ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा प्रहरीले निगरानी गरेको छ । बालुवाटारस्थित  उनको निवास अगाडि प्रहरीको तैनाथी बढाइएको छ । ती प्रहरीहरुले निवासबाट निस्कने प्रत्येक सवारी साधन जाँच गरेका छन् ।

संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको तर्क गर्दै उनी आज सर्वोच्च अदालतमा उपस्थित हुने तयारीमा छन् । तर निवासबाट निस्किनै नसक्ने गरी प्रहरीले आफ्नो निवासमा घेरा हालेको उनले बताएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा जबराले भनेका छन्, ‘सर्वोच्चको ढोकामा र म बस्ने क्वाटरको ढोकामा प्रहरी राखेर प्रधानन्यायाधीशलाई बाहिर निस्कनै नदिने योजना बनाएर सरकारले अराजकता प्रदर्शन गर्यो ।’ आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मा सरकारले नै लिनुपर्ने धम्की पनि उनले दिएका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?