+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘सुन वितरणमा स्वचालित कोटा प्रणाली आवश्यक’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १३:१३

२ असोज, काठमाडौं । सुन चाँदी व्यवसायीहरुले सुन वितरणमा अहिले देखिएको समस्या निराकरणका लागि स्वचालित कोटा प्रणाली लागू गर्न माग गरेका छन् ।

चाडपर्व तथा विवाहजस्ता सुनको खपत धेरै हुने सिजनमा कालोबजारी मौलाएको भन्दै उनीहरुले सिजनमा स्वतः बढी कोटा दिने र अन्य समयमा घटाउने प्रणाली कायम गर्न सरकारलाई आग्रह गरेका हुन् ।

नेपाल सुन चाँदी शिल्प व्यवसायी संघले शनिबार आयोजना गरेको ‘व्यावसायिक एकरुपता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले रुस–युक्रेन युद्धका कारण विश्वमा देखिएको आर्थिक संकटबाट घरेलु सुन चाँदी व्यवसाय पनि प्रभावित बनेको बताए ।

‘विश्वभर देखिएको विदेशी मुद्रा सञ्चितीको समस्याबाट नेपाल पनि अछुतो छैन । यसबाट हाम्रो सुन चाँदी व्यवसाय प्रत्यक्ष मारमा परेको छ,’ उनले भने, ‘अहिले नै सबै खुकुलो गर भनेर सरकारलाई भन्ने अवस्था त छैन, तर सुनमा स्वचालित कोटा प्रणाली लगाए केही हदसम्म व्यवसायीलाई राहत पुग्छ ।’

नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले सरकारले दैनिक २० किलोबाट १० किलो सुन आयात गर्ने नीति ल्याउँदा सिजनमा व्यवसायीहरु थप मारमा परेको बताए । उनले सिजनमा दैनिक ५० किलोसम्म माग हुने हुँदा बजारमा कालोबजारी गर्नेहरु सल्बलाएको उनले बताए ।

‘बजारमा ब्ल्याकमा सुनको किनबेच भइरहेको भन्ने सुनिन्छ । यसो हुनुमा कोटा कम हुनु नै हो,’ उनले भने । विदेशी मुद्राको सञ्चिती विस्तारै बढ्दै गए कोटा प्रणाली व्यवस्थित गर्न सरकार अग्रसर हुनुपर्ने उनले बताए ।

श्रेष्ठले व्यावसायिक एकरुपता ल्याउनुपर्नेमा पनि जोड दिए । यसका लागि न्यूनतम मूल्य कायम गर्ने र सीपअनुसार पारिश्रमिक लिंदा व्यावहारिक हुने उनले बताए ।

नेपाल सुन चाँदी शिल्प व्यवसायी संघका अध्यक्ष टंक बराइलीले कच्चा पदार्थको अभाव नै अहिलेको सबैभन्दा टड्कारो समस्या रहेको बताए । ‘अहिले बढी मूल्यमा किनेर सस्तोमा गहना बेच्नुपर्ने अवस्था छ, यस्तै रहे पसलको सटर नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

कार्यक्रममा सहभागी अन्य व्यवसायीहरुले पुराना सुनका गहना खरिदमा बिल अनिवार्य गरिनु व्यावहारिक नहुने धारणा राखे । सुनका गहना सांस्कृतिक रुपमा पनि महत्वपूर्ण हुने भएकाले धेरै पुराना गहनाहरु खरिद गर्नुपर्दा निर्देशिकामा विशेष व्यवस्था गर्न उनीहरुले सुझाव दिए । साथै गहना खरिद गर्न आउने ग्राहकको केवाईसी विवरण राख्न पनि व्यावहारिक नहुने उनीहरुको भनाइ थियो ।

सोही अवसर पारेर नेपाल सुन चाँदी शिल्प व्यवसायी संघको काठमाडौं नयाँबजारस्थित नयाँ कार्यालय समेत उद्घाटन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?