+
+

गायक मुरलीधर राप्रपा प्रवेश, सिरहाबाट उम्मेदवार बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १६:४७

काठमाडौं । गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार केन्द्रीय कार्यालयमा उनलाई पार्टी प्रवेश गराए ।

मुरलीधर सिरहाको क्षेत्र नम्बर २ वा ४ नम्बर क्षेत्रबाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत बन्ने भएका छन् ।

मुरलीधरका उडायो सपना सबै हुरीले, निष्ठुरीलाई माया गरी आफैंलाई रोगी बनाएँ, पहाडको पल्लो डाँडामा छ सानो गाउँ निकै लोकप्रिय छन् । उदितनारायण झासँग उनले गाएका ‘आमाले भन्थे धाराको पानी’ पनि लोकप्रिय गीत हो ।

लोकलयमा आधारित गीत पनि उनले गाएका छन् । उनी केही नेपाली फिल्मको पार्श्वगायनमा पनि चर्चित छन् । पछिल्लो समय राष्ट्रिय राजनीतिमा पनि उनी चासो राख्थे ।

अध्यक्ष लिङ्देनले लोकप्रिय गायकलाई राप्रपामा प्रवेश गराउन पाउँदा आफू उत्साहित रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?