२ असोज,काठमाडौं । संगीतज्ञ अनिल शाहीले थुप्रै समयपछाडि आफूलाई काठमाडौंका स्रोतादर्शकमाझ प्रस्तुत गरेका छन् । अघिल्लो सप्ताहान्तमा काठमाडौंमा आयोजित भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचनमा प्रख्यात गितारबादक शाही समाजसेवार्थ गितारवादनमार्फत् प्रस्तुत भएका हुन् ।
ताइवान, युरोप, अमेरिकालगायत विश्वका केही उल्लेख्य गितारवादनहरुमा आफूलाई प्रमाणित गरिसकेका यी सुल्तान अफ् स्ट्रिङ्सले काठमाडौंमा ‘सुल्तान’ ट्र्याक लगायत प्रस्तुतिहरु दिएका थिए ।
उनल त्यहाँ इ माइनर लगायत प्रस्तुति दिँदा वरिष्ठ हृदयरोग विशेषज्ञ भगवान कोइरालालगायत चिकित्सक, समाजसेवीलगायत झुमेका थिए । कोइरालाले थालेको देशैभरि बालअस्पताल बनाउने अभियानमा आफू पनि संगीतको माध्यमबाट जोडिन पाएकामा शाहीले खुसी व्यक्त गरे ।
उनलाई बाजामा सुन्दर महर्जनले पक्र्युसनमा, सन्दीप कार्कीले साक्सोफोनमा, दिलिप महर्जनले तबलामा साथ दिएका थिए ।
‘सुल्तान’ बजाउँदा म आफैं संगीतका छालहरुमा हराएको थिएँ, म कहाँ छु भन्ने नै याद भएन,’ शाहीले अनलाइनखबरसँग भने । उनले क्लासिकल फ्युजन र ज्याजमा भुलाएका थिए ।
अनलाइनखबरले शाहीको संगीत प्रस्तुतिलाई हाम्रा पाठक तथा दर्शकका लागि पस्कने निधो गरेको छ । प्रस्तुत छ शाहीको कन्सर्टको भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4