+
+
साफ महिला च्याम्पियनसिप :

उपाधि जिते खेलाडीले कति पाउँछन् पुरस्कार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १५:१९

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका पाँच बजेदेखि सुरु हुनेछ ।

अघिल्ला पाँचमध्ये चार संस्करणको फाइनलमा पराजित भएको नेपाल दोस्रोपल्ट घरेलु भूमिमा आयोजित प्रतियोगितामा उपाधिको मुख्य दावेदार टिम हो । सेमिफाइनलमा भारतलाई पराजित गरी उच्च मनोवलमा देखिएको नेपाल टिम उपाधि घरमै राख्ने लक्ष्यमा छ ।

साफ महिला च्याम्पियनसिपको उपाधि जितेमा नेपाली टोलीका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सरकारले हालै बनाएको पुरस्कार कार्यविधिमा दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि पुरस्कारको प्रष्ट व्यवस्था छ ।

मन्त्रिपरिषदबाट पारित भएर कार्यान्वयनको चरणमा रहेको यो कार्यविधिअनुसार नै फुटबल खेलाडीले पुरस्कार पाउने युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।

नयाँ पुरस्कार कार्यविधिअनुसार सामुहिक खेल फुटबलको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण/उपाधि जित्ने टिमका खेलाडीले जनही ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रमुख प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले जनही २ लाख र सो खेलको राष्ट्रिय संघले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । पुरस्कार कार्यविधि राजपत्रमा प्रकाशित हुन बाँकी रहेकाले वितरणमा कठिनाई आएमा सरकारले यही कार्यविधिमा आधारित रहेर विशेष निर्णय गर्ने सचिव डा. रेग्मीले बताए ।

यदि नेपाली टिमले फाइनलमा जित हासिल गर्न नसकेमा उपविजेता वा रजत विजेताका रुपमा टिमका खेलाडीले जनही ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रमुख प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, फिजियो वा चिकित्सकले १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । यस्तै अखिल नेपाल फुटबल संघले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

यसअघिको पुरस्कार कार्यविधिलाई सुधार गरी सम्भावित सबै अन्तर्राष्ट्रिय प्रतियोगिता समेटेर खेलकुद मन्त्रालयले कार्यविधि निर्धारण गरेको हो । खेलकुद ऐनको नियमावलीमै समावेश गरेर पुरस्कारको व्यवस्था गरिएको छ ।

पुरानो कार्यविधिमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र क्रिकेटका केहि प्रतियोगितामात्र समावेश गरिएको थियो । त्यसैले अन्य प्रतियोगितामा पदक विजेता टिम तथा खेलाडीलाई मन्त्रिपरिषदबाट विषेश निर्णय गरी पुरस्कार दिने गरिएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?