+
+
Shares

रामचन्द्रका लागि तनहुँ १ छाड्ने श्रेष्ठको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १८:१५

३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छोड्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ समाजवादीको तेस्रो राष्ट्रिय भेलामा श्रेष्ठले गठबन्धनमा भागबन्डा मिलाउन तनहुँ १ छाड्नु परेको बताए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठले तनहुँ १ मा पौडेललाई पराजित गरेका थिए ।

अहिले पनि तनहुँ–१ का जनताले आफूलाई खोजेको भए पनि गठबन्धन नभत्कियोस् भनेर छाड्न तयार भएको उनले बताए ।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘म तनहुँ १ नम्बर क्षेत्रको निर्वाचित माननीय । तर अहिले गठबन्धन र मेरो पार्टीका कारण जसलाई मैले २०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाडनुपर्ने भयो ।’

अब बारा ४ नम्बर क्षेत्रमा चुनाव लड्न विषयमा गठबन्धनका नेताहरुसँग छलफल भइरहेको उनले बताए । देशको जुनसुकै निर्वाचन क्षेत्रमा टिकट दिए पनि निर्वाचन जित्ने आँट रहेको भन्दै उनले भने, ‘नेताहरुलाई अप्ठ्यारो नपार्ने गरी तपाईहरुले उपयुक्त ठाउँमा मलाई खटाउनुस् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?