+
+

पहिलो धिमेवादक महिलामाथि नेवारी फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते ११:५५

काठमाडौं । पहिलो नेपाली महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ । वितरक समेत रहेका गोपाल कायस्थले नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण गर्ने भएका हुन् ।

सोमबार भक्तपुरको कमलविनायकमा फिल्म मुहूर्त भएको छ । सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन असोज १० गतेदेखि सुरु हुने भएको छ ।सहनिर्माताका रुपमा प्रकाशदीप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रवीण भाम छन् । फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहनेछ ।

प्रमुख भूमिकामा गणेशराम लाक्षी, आशाकाजी थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देवचन्द्र बज्राचार्य, रामराजा भाम र सिम्रिक श्रेष्ठ हुनेछन् ।

मुहूर्त कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सफलताको कामना दिए । नील शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जीवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?