
४ असोज, काठमाडौं । माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।
टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ ।
नेपाली टोलीमा सदिना श्रेष्ठ (कप्तान), एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन् ।
अमिशा घले र विनामणी योन्जन पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । सन् २०१९ मा १३औं दक्षिण एसिया खेलकुदमा रजत जित्दाका ८ खेलाडी टिममा छन् ।
यस्तै १३औं सागमा थ्री बाई थ्री टिममा रहेका गरिशा सिलवाल र मिना गुरुङ पहिलो पटक फुल कोर्ट खेलका लागि टिममा परेका हुन् ।
यस्तै प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोली सेप्टेम्बर २३ तारिख माल्दिभ्स जाने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4