+
+

सरोज खनालको बचाउमा उत्रिए दीपकराज, लेख्छन्- सबैलाई गाली गरेर फिल्म चलाउने हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १३:३१

काठमाडौं । ‘प्रेमगीत ३’को विवाद यत्तिकैमा रोकिने छाँटकाँट छैन । भुवन केसी, अनमोल केसी, झरना थापा हुँदै सरोज खनालसम्म यो विवादमा मुछिएका छन् ।

निर्माता सन्तोष सेनले पाका अभिनेता सरोज खनाललाई कटाक्ष गरेपछि विवाद झनै चर्किएको छ । ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी भने खनालको बचाउमा उत्रिएका छन् ।

निर्माता सेनले खनाललाई अमेरिकामा लुक्ने थिति बसालेको भन्दै कटाक्ष गरेपछि गिरीको स्टाटस आएको छ । उनी लेख्छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, म, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ् । यो लिस्ट निकै लामो हुँदैछ दिनप्रतिदिन ।’

दीपकले प्रश्न गरेका छन्, ‘सबैलाई गाली गरेर फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो ?’

दीपक लेख्छन्–

आज म लेख्दैछु,

भुवन केसी, अनमोल केसी, झरना थापा,

अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ्

यो लिस्ट निक्कै लामो हुँदैछ दिनप्रतिदिन

सबैलाई गाली गरेरै फिल्म चलाउने हो ?

यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो ?

आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घर नै नरहे कहाँ बस्छौ साथी ?

जे जे गर्‍यौ महान् काम गर्यौ । तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर । बरु राम्रो कामको लागि नेपाली भाषाको फिल्ममा एक्स्ट्रा छुट माग सक्किगो त । यति लेखेपछि ब्वायकट अनमोलमा मेरो पनि नाम थपौंला, निर्देशन अनुसार गालीगलौज पनि गरौंला पक्कै पनि ।

तर यति ठूलो तिमीहरुको अन्याय कसरी सहेर बस्नु ? साथीहरुले कसरी सहेर बसें मैले चाहिं सकिन माफ पाउँ । हरेक दिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी ! तपाईंको फिल्म चल्दा हामी कसैको बेफाइदा छैन, तपाईंको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ, फाइदा नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?