+
+

अनौठो रेष्टुरेन्ट जहाँ उल्टो गिलासमा कफी दिइन्छ !

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १६:११

काठमाडौं । कफी संसारको सबैभन्दा लोकप्रिय पेय पदार्थमध्येको एक हो । टाउको दुख्ने, कम रक्तचापदेखि वजन क मगर्नका लागि पनि मानिसहरु कफीको प्रयोग विभिन्न प्रकारले गर्दै आएका छन् ।

तपाइँले विभिन्न खालका कफी पिउनु भएको छ होला । तर के तपाइँले उल्टो गिलासमा कफी पिउनुभएको छ ?

हो, इण्डोनेसियामा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ उल्टो गिलासमा कफी खुवाइन्छ । त्यहाँ कफीको ग्लास प्लेटमा घोप्टाएर पाहुनालाई दिइन्छ र पाहुनाले स्ट्रको सहयोगमा कफी पिउँदछन् ।

उक्त विशेष खालको कफीलाई कुपी खोप कफी भनिन्छ । उक्त कफी कप वा गिलासबाट सिधै पिइँदैन । गिलासको कफी प्लेटमा घोप्टाएर स्ट्रबाट विस्तारै विस्तारै पिउने गरिन्छ ।

स्मरण रहोस् यसरी उल्टो गिलासमा कफी दिने चलन इण्डोनेसियामा नयाँ क्याफेको मार्केटिङ फण्डा होइन, यो चलन सदियौँ पूरानो हो । यसलाई पश्चिमी आचे रिजेन्सीमा अमूर्त सांस्कृतिक सम्पदनाको रुपमा आधिकारिक स्वीकृति प्राप्त भएको छ ।

किम्वदन्ती अनुसार माछा पक्रिने क्रममा कफी पिउनका लागि एकजना माझीले सबैभन्दा पहिले यो कफी पिउने तरिका आविष्कार गरेका थिए । यसरी पिउनाले कफी छिटो सेलाउँदैन ।

साथै यसरी कफी पिउँदा कपमा किराहरु पर्ने जोखिम पनि हुँदैन । तर यसरी कफी पिउँदा एउटा कुरामा खास ध्यान दिनुपर्दछ कि स्ट्रबाट एक सुर्कोमा पिउन सकिने मात्रै कफी गिलासबाट निस्कियोस् । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?