
काठमाडौं । हरिवंश आचार्य र गौरी मल्लको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को गीत ‘बेमौसमी’ सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गीतमा दुई पुस्ताको रोमान्सलाई चित्रण गरिएको छ । हरिवंश र गौरीसहित अरुण क्षेत्री र अञ्जना बराइलीको जोडीलाई प्रस्तुत गरिएको गीत रोमान्टिक महसुस हुन्छ ।
एसडी योगीद्वारा संगीतबद्ध गीतमा योगी र रेश्मा पुनको स्वर समावेश छ । राम अविरल विष्टले गीत लेखेका हुन् । प्रमोद भण्डारीको नृत्य निर्देशन र गीतको भिडियोको निर्देशन विवेक रसाइलीले गरेका हुन् ।
वान सिनेमाज् हलमा आयोजित पत्रकार सम्मेलनमा हरिवंशसहित कलाकार र प्राविधिकहरु उपस्थित थिए । प्रदीप भट्टराई निर्देशित फिल्मलाई दीपेश खत्रीले निर्माण र रविन्द्रसिंह बानियाँले सहनिर्माण गरेका हुन् । फिल्म कात्तिक ११ गते रिलिज हुँदैछ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4