+
+

प्रधानमन्त्री भन्छन् : अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरिरहेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १७:२८

४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरिरहेको बताए ।

कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेको भन्दै उनले भनेका छन्, एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका सामाजिक, आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ ।

सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ ।’ सबैको समन्वयबाट कोभिड र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने उनको विश्वास छ ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रमा देखापर्ने कुनै पनि समस्या समाधानका लागि सामुहिक प्रयत्न आवश्यक पर्ने बताए । उनले डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकपटक एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?