+
+

भारतको उत्तर प्रदेशमा बन्यो मुख्यमन्त्री आदित्यनाथको मन्दिर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १७:४४

४ असोज, काठमाडौं । भारत उत्तर प्रदेशको राम जन्मभूमि मानिएको अयोध्या नजिकैको एउटा गाउँमा मुख्यमन्त्री योगी आदित्यनाथको मन्दिर निर्माण गरिएको छ ।

अयोध्याबाट १५ किलोमिटर दूरीमा रहेको मौर्याको पूरवा गाउँमा बनाइएको मन्दिरमा मुख्यमन्त्री आदित्यनाथकै प्रतिमा राखेर दैनिक पूजा आरधना गर्न थालिएको हो । मन्दिरमा काँधमा धनुषा बोकेको आदित्यनाथकै प्रतिमा राखिएङ्को छ ।

यो मन्दिर उनकै एक समर्थक प्रभाकर मौर्यले बनाएका हुन् । ती युवकले मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्याको विकास गरेको भन्दै उनको मन्दिर बनाएका हुन् । मन्दिरको नाम श्री योगी मन्दिर राखिएको छ ।

प्रभाकरले भने, ‘मैंले संकल्प गरेको थिएँ कि जसले अयोध्यामा भगवान रामको भव्य मन्दिरको निर्माण गर्नेछ, उसको मन्दिर मेरो गाउँमा बनाउने छु ।’

योगी आदित्यनाथले अयोध्यामा रामको भव्य मन्दिर बनाइरहेकाले संकल्प अनुसार आदित्यनाथको मन्दिर बनाएको उनले बताए ।

भारतको गोरखपुरमा रहेको गोरखपुर मठका पूजारी आदित्यनाथले भारतीय जनता पार्टीबाट सन् २०१७ को विधानसभा चुनाव जितेका थिए । त्यसपछि उनी उत्तर प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?