+
+

सरकारका प्रवक्ता भन्छन् : राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते २०:३६

४ असोज, काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएको छ ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए ।

‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक हाल राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।

प्रतिनिधिसभाले विधेयक प्रमाणीकरण गरेर पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाले प्रमाणीकरण गरेर विधेयक पठाएको मंगलबार १५ औं दिन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?