+
+

यती एयरलाइन्स २४ वर्षमा, वार्षिक १० लाख यात्रुलाई दिन्छ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १२:२०

५ असोज, काठमाडौं । यती एयरलाईन्सले हवाई सेवाको २४ वर्ष पुरा गरेको छ । तत्कालीन हवाई विभागबाट यतीले १९९८ मे महिनामा व्यापारिक उडानको अनुमति पाएको थियो । कम्पनीले पहिलो उडान भने २१ सेप्टेम्बर १९९८ मा गरेको थियो । यतीले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वाषिर्कोत्सवका रुपमा मनाउने गरेको छ ।

नेपालमा हवाई सेवाको विकासमा महत्वपूर्ण योगदान रहेको यस एयरलाइन्सको सुरुवात २ वटा टि्वनअटर वायुयानबाट भएको थियो । २४ वर्षे यात्राको दौरानमा यो कम्पनीसँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयानबाट उडान गरेको अनुभव छ ।

कम्पनीले डीएचसी-६ ३०० टि्वनअटर, डोर्नियर २२०, वाई-१२, इएमबी-११०, ईएमबी-१२०,साब-३४० बि, जेटस्ट्रीम जे-४१, डिएचसी-६ ४०० टि्वनअटर तथा एटिआर-७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ ।

अहिले ७३० जना कर्मचारी कार्यरत रहेको यस एयरले नेपालमा हवाईसेवाको लागि धेरै जनशक्ति उत्पादन समेत गरिसकेको छ । यतीबाट उत्पादिन प्राविधिक, चालकदल तथा अन्य कर्मचारी हाल नेपालमा सञ्चालित विभिन्न एयरलाईन्समा कार्यरत रहेको यती एयरका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौला जानकारी दिए ।

उनका अनुसार यतीको २४ बर्षे यात्रा लगनशील तथा इमान्दार कर्मचारी तथा लगानीकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो । उनले यस यात्रामा संस्थापक प्रबन्ध निर्देशक स्व. आङ्ग छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको समेत स्मरण गरे ।

यतीले एक वर्षको अवधिमा ५ वटा विमान मार्फत १५,९२५ उडान गरेको छ । कम्पनीले एक वर्षमा १० लाख ५ हजार छ सय सतहत्तर यात्रुलाई सेवा दिएको छ । जसमा २७ हजार ६६३ विदेशी पर्यटक छन् ।

यस अवधिमा १ लाख ५४ हजार २८७ किलो कार्गो तथा कुरियर बोकेको छ । यो अवधिमा यतीको विमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एयरलाइन्सको तथ्यांक छ । हालै एक विमान थपेको यतीसँग कुल ६ वटा एटिआर विमान छन् । यसै वर्ष थप एक विमान ल्याउने योजना कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?