
५ असोज, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिमलाई नगद ५० लाख बंगलादेशी टाका पुरस्कार दिने घोषणा गरेको छ ।
सोमबार काठमाडौंको दशरथ रंगशालामा भएको छैटौं संस्करणको साफ फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ३-१ ले हराएर उपाधि जितेको थियो ।
बीसीबीका अध्यक्ष तथा सांसद नजमुल हसनले महिला फुटबलरको सफलताको प्रशंसा गर्दै ऐतिहासिक उपलब्धीले सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको बताए ।
‘महिला फुटबल टोलीले आफ्नो असाधारण प्रदर्शन र ऐतिहासिक उपलब्धिले सिंगो राष्ट्रलाई गौरवान्वित गरेको छ । उनीहरूको प्रयासको लागि हाम्रो प्रशंसा र समर्थनको रुपमा बीसीबीको तर्फबाट सम्पूर्ण टोलीलाई ५० लाख टाका घोषणा गर्दैछु,’ हसनले भने, ‘मलाई कुनै शंका छैन कि साफको विजयले देशभरका खेलाडीहरू र महिलाहरूलाई र खेलकुद टोलीहरूलाई सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय गौरवको लागि प्रयास गर्न धेरै प्रेरित गर्नेछ ।’
बंगलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा पाँच पटकको च्याम्पियन भारत र घरेलु टोली नेपाललाई समेत पहिलो पटक हराएको थियो ।
प्रतियोगिभर बंगलादेशले अपराजित रहँदै उपाधि जित्दा २३ गोल गर्यो भने जम्मा १ गोल व्यहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4