+
+

‘प्रेमगीत ३’को सेन्सर विवादमा स्पष्टीकरण सोध्‍न भुवन केसीलाई मन्त्रालयले बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १७:५८

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस गर्ने चलचित्र विकास बोर्डको निर्णय थप विवादित बनेको छ ।

यो निर्णयबारे छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बिहीबार बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता तथा सहसचिव सेवन्तक पोखरेलले नेपाली फिल्मलाई विदेशी फिल्म भन्दै सेन्सर सिफारिस गरिएकोबारे छलफलका लागि केसीलाई मन्त्रालयमा बोलाइएको बताए ।

बोर्डको निर्णयलाई चुनौती दिंदै ‘प्रेमगीत ३’का वितरकले बिहीबार मन्त्रालयमा निवेदन दिएपछि यो विवादमा मन्त्रालयले हात हालेको हो । ‘वितरकको  निवेदनको आधारमा स्पष्ट हुन हामीले उहाँलाई बोलाएका हौं,’ पोखरेलले भने, ‘पहिले नेपाली भनेर सेन्सर गर्ने र अहिले आएर हिन्दी भन्ने कुरा बाझिएकाले हामी स्पष्ट हुन चाहेका हौं ।’

सदस्य सचिव टंक महतले पनि भुवन केसीलाई मन्त्रालयमा बोलाइएको पुष्टि गरे । ‘सचिवज्यूले स्पष्ट हुन बोलाउनुभएको हो,’ महतले अनलाइनखबरसँग भने, ‘सेन्सर गर्ने मन्त्रालयले हो, बोर्डले होइन । हामी यसबारे थप निर्णय गर्छौं ।’

चलचित्र विकास बोर्डले बुधबार दिउँसो ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?